कुमार पौडेल हत्या प्रकरणलाई इन्काउण्टर भन्न मिल्दैन – राष्ट्रीय मानवाधिकार

320

 काठमाडौं / राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एक सञ्चारकर्मीहरुसंगको अन्तरक्रियामा विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलमाथिको कारबाहीलाई इन्काउण्टर भन्न नमिल्ने जनाएका छन् ।

अध्यक्ष शर्माले पौडेल हत्या प्रकरणको घटनाले मुलुकमा दण्डहीनता बढेको उल्लेख गदैं पौडेलमाथि गरिएको प्रहरी कारबाहीलाई इन्काउन्टर मान्न नसकिने जानकारी दिए । उनले भने ‘त्यो घटनालाई इन्काउन्टर भनेपछि मुलुकमा दण्डहीनता झन् बढेर गएको पुष्टि हुन्छ । प्रहरीले त्यो घटनाको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी इन्काउन्टरमा मारिएको भनेको छ । यो अत्यन्तै गम्भीर विषय हो ।’

सरकारले ल्याएको मानव अधिकार आयोग ऐन सम्बन्धी विधेयक र प्रेस स्वतन्त्रता विरोधी विधेयक मानव अधिकारको ठाडो उलंघन भएको अध्यक्ष शर्माले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here