काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्बाट दिएको नेपालले पनि भारतले जमिन मिचेको भन्ने अभिव्यक्तिको पुष्टि गर्नुपर्ने र ति जमिन देखाउनुपर्ने माग गरेका छन्।
मंगलबारको संसद् बैठकमा बोल्दै उनले जमिन मिचेको होइन भने संसद्बाट बोलि सच्याउनुपर्ने माग गरे। ‘नेपालले कहाँ-कहाँ जमिन मिचेको छ, त्यो प्रधानमन्त्रीले देखाउनुपर्छ। होइन भने उहाँले बोलि सच्याउनुपर्छ’, राईले भने।
जेठ १७ गते संसद्मा बोल्दै प्रधामन्त्री वालेन्द्र शाहले भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको छ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसको विरोधमा प्रतिपक्षीले संसद् बैठक अवरुद्ध गरिरहेका छन्।
प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने र संसद्बाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग प्रतिपक्षीको रहेको छ।


















