लेखासँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरु आइएफएसी, सिएपिए र एसएएफएको समेत सदस्य रहेको नेपाल चार्टड एकाउन्टेन्सले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । भर्चुअल माध्यामबाट गरिएको सो कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले राजनैतिक आन्दोलन समाप्त भएपश्चात मुलुकको आर्थिक विकास मुख्य सरोकारको विषय हुँदै गएको बताए । उनले पारदर्शिता तथा स्वच्छताका लागि लेखा महत्वपूर्ण हुने र यसका लागि सम्बन्धित संस्था तथा सो क्षेत्रका पेशाकर्मीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।
कार्यक्रमका विशिष्ठ अतिथि महालेखापरीक्षक टंकमणि शर्मा दंगालले लेखा र राष्ट्रको आर्थिक बृद्धिदरका विषयमा केन्द्रीत रहेका मन्तव्य राखेका थिए । कार्यक्रममा विशेष अतिथिहरु म्हालेखानियन्त्रक मधुकर मरासिनी, त्रिवि व्यवस्थपान संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले पनि लेखा सरकारी लेखा प्रणाली व्यवस्थापन र विश्वविद्यालयस्तरमा लेखा शिक्षाको विषयमा केन्द्रीत रहेर आ–आफनो धारणा राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष मदनकृष्ण शर्माले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाका प्रथम अध्यक्ष सिए. कोमलबहादुर चित्रकार, नेपाल अडिटर्स एशोसिएशनका अध्यक्ष मोहनराज रेग्मी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष सिए. आनन्द राजशर्मा वाग्लेले समेत आ–आफ्नो भनाई राखेका थिए ।

















