पाकिस्तानी प्रम इमरान सत्ताच्युत हुने अमेरिकी दुतावासको भनाइ अनधिकृत

69

एजेन्सी- पाकिस्तानस्थित अमेरिकी दूतावासले राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नरहे पाकिस्तानी प्रधानमन्त्री इमरान खान सत्ताच्युत हुने टिवटर गरी जनाएको विषय अनधिकृत भएको जनाएको छ ।

अमेरिकी दूतावासको त्यो भनाइलाई प्रधानमन्त्री इमरान खानाका प्रतिस्पर्धी सांसद अशान इकबलाले रिटिवट गरेका थिए । पाकिस्तानमा इकबालको रिटिवट भाइरल बन्न पुग्यो ।  त्यसपछि दूतावासले यो टिवटबारे माफी मागेको छ । दूतावासले भ्रम पर्न गएकोमा क्षमा मागेको हो ।

सांसद इकबाल पाकिस्तान मुस्लिम लिग नवाजका सांसद हुन ।  प्रधानमन्त्री खानका विशेष सहयोगीले यसको विरोध जनाएका छन । पाकिस्तानी दूतावासको टिवटरबाट निस्केको भनाइ दुखदायी रहेको जनाइएको छ ।  यो टिवटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री इमरान खानको प्रतिष्ठामा आँच पु¥याएको खानका प्रमुख सल्लाहकार डा. शाहबाज गिलले टिवटरमा यस्तो उल्लेख गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here