सरकारद्वारा मंसिर २ गते सार्वजनिक विदा गर्ने निर्णय (विज्ञप्तीसहित)

172

काठमाडौं – सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका छन्।

मंसिर १ गते भाइटिका छ। त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन। किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।

त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here