काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
गोरखापत्र परिसरमा जारी फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले यस्तो जनाएका हुन् ।
लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दु धर्माबलम्बी पर्यटकको संख्या धेरै रहेको भन्दै उनले
नेपालको प्राकृतिक सम्पदा, हिमाल आरोहणमा आउने पर्यटक अझ बढाउन सकिने जनाए । पर्यटन क्षेत्रको विकासले मुलुकको समृद्धिको आधार समेत तयार हुने उनको दाबी छ ।


















