एजेन्सी / पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय हुने भएको छ । उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन्। उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए। नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको उल्लेख गरेको छ । अदालतले आफ्नो आदेश सुनाउनुभन्दा अघि ३५ वर्षीय निकोस मेटाक्सासले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए । ती घटनाहरू सेप्टेम्बर २०१६ देखि अगस्ट २०१८ सम्म भएका थिए।
क्षमायाचना
अदालतमा आँसु निकाल्दै उनले पीडितका परिवारसँग माफी मागेका थिए। आफूले किन त्यस्तो ‘घृणित अपराधु गरेँ भन्ने आफूलाई नै थाहा नभएको उनको धारणा थियो। साइप्रसको आधुनिक इतिहासमा भएको पहिलो ुसिरियल किलिङु अर्थात् शृङ्खलाबद्ध हत्याले पूर्वी भूमध्यसागरमा अवस्थित सो टापुराष्ट्र स्तब्ध भएको छ। ‘साइप्रसको समाजले आफ्नो एउटा नागरिकले कसरी त्यो हदसम्मको अपराध गर्न पुग्यो भनेर सधैँ प्रश्न गर्नेछ, राजधानी निकोसियास्थित अदालतमा उनले बयान दिँदै भने, ‘मैले पनि आफूसँग यही प्रश्न सोधिरहेको छु। तर किन त्यसो गरेँ भन्ने उत्तर अहिलेसम्म पाउन सकेको छैन।’


















