सेयरबजारमा कारोबार रकम गिरावट

188

काठमाडौं /  सेयरबजारमा आज शून्य दशमलव ९६ अंकले बढे पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो दिन ४८ करोड १४ लाखको सेयर किनबेच भएकोमा आज उक्त रकम घटेर ३६ करोड ४७ लाखमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। त्यसैगरी १३ लाख २४ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल १ सय ७४ कम्पनीको उक्त परिमाणको सेयर बिक्री भएको हो। आज सबैभन्दा बढी एनसीसी बैंकको २ करोड ५३ लाखको, प्रभु बैंकको २ करोड २८ लाखको, शिवम् सिमेन्टको १ करोड ९१ लाखको, नेपाल बैंकको १ करोड ७९ लाखको, सिद्धार्थ बैंकको १ करोड ३६ लाखको सेयर कारोबार भएको छ।

कमाइका दृष्टिले गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अगाडि छ। यसका लगानीकर्ताले ९.९२ प्रतिशत आम्दानी गरी ३९ रुपैयाँ प्रतिकित्ता लाभ हासिल गरेका छन्। त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक दोस्रो नम्बरमा रहँदा यसका लगानीकर्ताको हातमा प्रतिकित्ता ८३ रुपैयाँ आम्दानी परेको छ। त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पनि आज २७ रुपैयाँ कमाएका छन्। गुमाउनेमा भने आज मल्टिपर्पोस फाइनान्स कम्पनी लिमिटेड अगाडि छ। यसका लगानीकर्ताले आज २० रुपैयाँ गुमाएका छन्। त्यस्तै राधी विद्युत् कम्पनी लिमिटेडका सेयरधनीले ९ रुपैयाँ, गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २२ रुपैयाँ गुमाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज सेयरबजारमा कुल १२ समूहको कारोबार भएकामा माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा, ऊर्जा र वाणिज्य बैंकको कारोबार बढेको तथा व्यापार, होटल, फाइनान्स र म्युचुअल फन्डको कारोबार सूचक घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here