घोराहीमा कपडाका झोला प्रवर्द्धन गर्न तालिम सञ्चालन

223

तुलसीपुर / घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवर्द्धन गर्न तालिम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पुर्‍याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो ।

बुधबारदेखि शुरू भएको तालीममा विभिन्न वडाका महिला सहभागी छन् । नगर प्रमुख नरुलाल चौधरीले प्लाष्टिकले वातावरण र मानवीय स्वास्थ्यमा पार्ने असरबारे सचेत हुन र त्यसको प्रयोग हटाउँदै वातावरणमैत्री झोला प्रयोग अहिलेको आवश्यकता भएको जनाए । कपडाको झोला प्रयोगमा आउन थालेपछि रोजगारी र आर्थिक उपाजर्नमा समेत त्यसले सहयोग पुर्‍याउने उनको धारणा थियो । नारी सीप विकास संस्थाका अध्यक्ष विष्णु थापाले सानो लगानीमा वातावरण र मानवीय स्वास्थ्यमा प्रभाव पार्नाका साथै आयआर्जनसमेत हुने भएकाले सो तालीम सञ्चालन गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here