नेकपा सांसद शान्ता चौधरीले एसइई परीक्षामा ग्रेड ‘बी’ ल्याइन्

147

दाङ /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी एसइई परीक्षामा उत्तीर्ण भएकी छन्। उनी ग्रेड ‘बी’ ल्याएर उत्तीर्ण भएकी हुन्। चौधरी २.६५ प्रतिशत अंक प्राप्त गरेर उत्तीर्ण भएको उनका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए । कक्षा दसको माध्यमिक शिक्षा परीक्षा एसइई चैत १० गते बिहान ८ बजेदेखि सुरू भएको परीक्षामा उनले तुलसीपुरस्थित सेन्टर मावि परिक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन्।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरीले सानोमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाइनन्। उनी झन्डै १८ वर्ष अरुको घरमा कमलहरी बसेकी थिइन्। शान्ताले गाउँकै मावि गोग्लीमा कक्षा ८ मा २ वर्ष अघि नाम लेखाएर अध्ययन थालेकी हुन्।

चौधरीले नियमित विद्यालय जान नपाएकोले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी थिइन्। गत वर्ष सांसद शान्ता र उनकी १७ वर्षीया छोरी विनु चौधरीले एकै साथ एसइई परिक्षा दिएका थिए । विनुले काठमाडौंको आरुवारीस्थित सृजना बाल बोर्डिङबाट परीक्षा दिएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here