काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं शिक्षण अस्पतालमा भर्ना गरिएका निर्मला पन्तको बुवा यज्ञराज पन्तलाई उपचारका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
सोमबार डा. भट्टराईले पन्तलाई भेट गरी उपचारका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेका अनुसार नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको रकम हस्तान्तरण गरिएको जानकारी दिए ।भट्टराईले न्यायको आन्दोलनमा आफू साथ रहेको जनाएका थिए ।
पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि आइतबार काठमाडौं शिक्षण अस्पतालमा ल्याइएको थियो ।


















