पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कालो झण्डा

116

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई देखाइएको छ । मन्त्री अधिकारीलाई  उनकै गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here