अर्थतन्त्रमा सुधारको संकेत देखिन थाले

41

काठमाडौं। राजश्व सचिव रामप्रसाद घिमिरेले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सचिव घिमिरेले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताएका हुन् ।

उनले दिनमा देशको अर्थतन्त्रलाई व्यापारमूखीबाट उत्पादनमुखीमा लैजानेगरी अर्थ मन्त्रालयले काम गरिरहेको समेत बताए । यसका लागि काम भइरहेको बताउँदै सचिव घिमिरेले निजी क्षेत्रको साथ र सहयोग पाएमा देशको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सहज हुने समेत बताए ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले ७२औँ भन्सार दिवसको अवसरमा बोल्दै भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ । व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रवर्द्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपालको खुला सीमाका कारण चोरी पैठारी बढिरहेको र यसको नियन्त्रणका लागि भन्सार प्रशासन चनाखो हुनुपर्ने मल्लले बताए ।

यस्तै, चेम्बरले सोक्रममा विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको जनाएको छ । चेम्बरले प्रत्येक वर्ष भन्सार कर्मचारीलाई सम्मान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here