समुदाय-प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

327

झापा /जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भिमप्रसाद ढकालको प्रमुख आतिथ्यमा बाह्रदशी गाउँपालिकामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

यसैगरी झापास्थित मेचीनगर नगरपलिका, भद्रपुर नगरपलिका, दमक नगरपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपलिका र कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, कमल गाउँपालिका, गौरिगञ्जप गाउँपलिका, बुद्धशान्ति गाउँपालिका लगायतका पालिकामा सम्बन्धित पालिका प्रमुखको संयोजकत्वमा समुदाय-प्रहरी पालिका समिति गठन भई सकेका छन् ।

साथै भद्रपुर नगरपालिका अन्तर्गत रहेका एमरल्ड एकाडेमी, प्रज्ञा एकाडेमी र विदुर ईङ्गलिस बोर्डिङ्ग स्कुल गरी ३ वटा बिद्यालयहरुमा सम्बन्धित बिद्यालयका प्रधानाध्यापकको संयोजकत्ववामा बिहीबार बिद्यालय-प्रहरी सम्पर्क समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here