एजेन्सी / अमेरिकाको मेजर सकर लिग (एमएलएस) मा खेलिरहेका वायन रुनीले आकर्षक गोल गरेका छन्।
रुनीकै निर्णायक गोल मद्दतमा डीसी युनाइटेडले बिहीवार बिहान भएको खेलमा ओर्नाल्डोलाई १—० गोलले पराजित गरेको छ।
एलेक्स चिलवबिजमा भएको खेलमा रुनीले खेलको दशौं मिनेटमा ६० यार्ड टाढाबाट उत्कृष्ट गोल गरे। रुनीले आफ्नै क्षेत्रबाट गरेको लामो प्रहार ओर्नाल्डोका गोलकिपरले रोक्ने कुनै मौका पाएनन्। यस जितपछि डीसी युनाइटेड १८ खेलबाट ३० अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ।


















