काठमाडौं– जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले उनलाई २ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो । उनीसँगै त्यही कार्यालयका इन्जिनियर ग्रिस्मा ठगुन्नालाई पनि घुससहित नियन्त्रणमा लिएको छ ।
उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै २ लाख रकम घुसवापत लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका श्रीवास्तवलाई अहिले अख्तियारको टोलीले सोधपुछ गरिरहेको छ।


















