हथौंडा प्रहारबाट मृत्यु

121

सर्लाही / रौतहट यमुनामाई गाउँपालिका-३ घर भएकी २७ वर्षीया सुप्रिया भारतीको हथौंडा प्रहारबाट बिहीबार दिउँसो मृत्यु भएको छ । सर्लाही मलंगवा नगरपालिका-९ स्थित आखाँ केन्द्र (अस्पताल) मलंगवामा कार्यरत कार्यालय सहयोगी रौतहट बौधीमाई नगरपालिका शहर मुजुवा बस्ने ३० वर्षीय अमित कुमार बैठाले सोही अस्पतालमा हथौंडा प्रहार गर्दा सुप्रियाको घट्नास्थलमै मृत्यु भएको हो । घटनामा उनका ४ वर्षीय छोरा दिवश कुमार रजक समेत घाइते भएकोले जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंज रिफर गरिएको छ ।

सुप्रियाका पति डा. दिपेन्द्र कुमार रजक सोही अस्पतालको प्रमुख रहेको बुझिएको छ । हथौंडा प्रहार गर्नुको कारण हाल खुल्न सकेको छैन् । हाल फरार रहेका अमितको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here