२७ वर्षदेखि श्रीमतीलाई काम गराउँदै आएकोले २ करोड रुपैयाँको क्षतिपूर्ति

82

एजेन्सी / अर्टेन्टिनामा हालै मात्र एउटा यस्तो अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना व्यक्तिले २७ वर्षदेखि आफ्नी श्रीमतीलाई यस्तो काम गराउँदै आएका रहेछन् कि अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

महिलाको उमेर अहिले ७० वर्ष भैसकेको छ । उनी शिक्षित महिला हुन् । अर्थशास्त्रमा स्नातक ती महिलाले बिहेपछि आफ्नो करिअर त्यागेर पतिको घर सम्हालेकी थिइन् । महिलाको नाम एमएल र उनका पतिको नाम डीबी हो । उनीहरुको सन् १९८१ मा बिहे भएको थियो । तर सन् २००९ मा यी दुईले सम्बन्धविच्छेद गर्ने निर्णय गरे र सन् २०११ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । त्यसबेला महिलाको उमेर झण्डै ६० वर्षको थियो । उनीसँग जिविकोपार्जनका लागि आम्दानीको कुनै माध्यम थिएन र जागिर गर्नका लागि उनको उमेर पनि रहेन । अन्ततः यो मामिला स्थानीय अदालतमा पुग्यो ।

अदालतमा उनले आफू आर्थिक समस्याबाट गुज्रिरहेको जनाइन् । तत्पश्चात् न्यायाधीशले फैसला गर्दै २७ वर्षसम्म पत्नीलाई केवल घरधन्दा मात्र गराउने उनका पतिलाई झण्डै २ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्तिको रुपमा दिनुपर्ने आदेश दिए । फैसलामा ती न्यायाधीशले आज पनि महिलाहरुले घरमा गर्ने कामको कुनै मूल्यांकन नरहेको भन्दै ती महिलाको आर्थिक स्थिति र उनको शैक्षिक योग्यतालाई मध्यनजर गर्दै उनले क्षतिपूर्तिको रुपमा झण्डै २ करोड रुपैयाँ रकम पाउने फैसला गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here