बलिउडका बादशाह शाहरुख खान बेरोजगारको शिकार

212

एजेन्सी / भारतीय फिल्म ईण्ड्रष्टीका हस्ती बादशाह शाहरुख खान आफूले निर्माण र अभिनय गरेको पछिल्लो फिल्म ‘जीरो’ बक्सअफिसमा पूर्ण रूपमा असफल भएपछि बेरोजगारको शिकार भएका छन् । हालैको एक अन्तरवार्ताका क्रममा उनले आफू हालका दिनमा बेरोजगार रहेको खुलाएका छन्।

पत्याउनै मुश्किल हुने उनको यो कुरा यथार्थमा पनि सत्य सावित छ । बास्तवमा जिरो फिल्म यता उनले कुनैपनि चलचित्रमा काम गरेका छैनन। उनले ईन्टरभ्युमा भनेका छन्, ‘यो समयमा मेरो हातमा कुनै पनि फिल्म छैन। म अन्य फिल्मकर्मीको फिल्ममा पनि काम गरिरहेको छैन ।’
यद्धपी उनले आपूmलाई यो अवधिमा कुनै प्रस्ताव नै नआएको भने नभएको जिकिर गरे । उनले थपे, ‘फिल्म जिरोपछि मलाई धेरै फिल्मको प्रस्ताव पनि नआएको होइन्। तर कुनै पनि फिल्ममा काम गरिनँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here