सेवा र विकासका लागि कपडा र पुस्तक बैंक संचालनमा

179

 काठमाडौं / सेवा र विकासका लागि युवा नामक सामाजिक संस्थाले आज नारायणी किनारमा कपडा र पुस्तक बैंक संचालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको दिन पारेर यो बैंक संचालनमा ल्याएको सस्थाका अध्यक्ष राजु सापकोटाले नारायणी दैनिकलाई जानकारी दिनु भयो ।

सापकोटाले समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने, नच्यातिएका र लगाउन मिल्ने लुगा पनि त्यसै फाल्ने परिपाटी भएकोले त्यसलाई संकलन गरी असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई वितरण गर्ने सोचसाथ बैंक स्थापना गरिएको बताउनुभयो ।

उहाँले जम्मा भएका कपडाहरु जो कोहीले आवश्यकताअनुसार लिनसक्ने बताउँदै बैंकमार्फत् प्रयोग गर्न मिल्ने कपडा मानवजीवनमा प्रयोगमा आउने खालका अन्य सामान तथा पुस्तकहरु पनि संकलन र वितरण गरिने जानकारी दिनुभयो ।

बैंकको संचालन गर्ने क्रममा वडा न १ कि वडा सदस्य श्री रामकुमारी पिया, वडा सचिब शिब जी अधिकारी , संयुक्त पाच टोल बिकास सस्थाका उपाध्यक्ष दिपक शाही ठकुरी , कोसाध्यक्ष निरञ्जन श्रेष्ठ, भरतपुर महानगर युवा संजाल संयोजक सन्देश वाग्ले ,सचिब अमित सापकोटा ,सस्थाका सल्लाहकार बिमल पौडेल, सचिब बिपिन कंडेल , सस्थापक सदस्य भिम पौडेल, नबिन दवाडी, कृष्ण चापागाईं , त्रिविक्रम रेग्मी तथा अन्य व्यक्ति हरु को उपस्थिति रहेको थियो ।

बैंक गरिबले लैजाने र धनीले दिने केन्द्रमात्र नभएर आवश्यक भएकाले लैजाने र आवश्यकता भन्दा बढी भएकाले दिने उद्धेश्यसाथ खोलिएको भरतपुर महानगर युवा संजाल संयोजक वाग्लेले बताउनुभयो । बैंकबाट बाढीपहिरो, आगलागीपीडितलाई पनि सहयोग गरिनेछ ।

बैंक विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने छ । बैंकको रेखदेख संयुक्त पाच टोल विकास सस्थाले गर्ने उपाध्यक्ष ठकुरीले जानकारी दिनु भयो । भरतपुर वडा न। १ , महानगर युवा संजाल , संयुक्त पाच टोल बिकास संस्था , नारायणगढ जेसिजको सहकार्यमा यो बैंक स्थापना भएको हो भने सहयोगीको रुप मा V-Group Nepal , town group र सम्पूर्ण ट्रेडिंग प्रा लि रहेका छन्।

बैंक फलामको दराजले बनेको छ । यो 6*6 स्क्वायर फिटको आकारको छ, जसलाई टिनको पाताले तीनतिरबाट घेरेर हावा हुरी र पानीबाट सुरक्षित बनाइएको छ भने अगाडी बाट चार वोटा फलाम कै ढोका छन् , भित्रि भागमा पुस्तक तथा अन्य सामग्रीको लागि एक खण्ड छुट्टयाइएको छ भने एक खण्ड कपडाको लागि छ ।

सेवा र बिकास का लागि युवा ले स्थापना काल देखि नै सामाजिक तथा जनचेतना मुलक कार्य गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here