हतियार सहित तीन जना पक्राउ

107

काठमाडौ, ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बिहीबार विभिन्न हातहतियार, अवैध लागूऔषध र नगद सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका १५ धरान बस्ने ३९ वर्षीय सरोज गुरुङ, सोही उपमहानगरपालिका ११ डेरा गरी बस्ने भोजपुर हतुवागडी गाउँपालिका २ घर भएका ३१ वर्षीय सुरेश राई र सोही उपमहानगरपालिका ११ बस्ने भोजपुर आमचोक गाउँपालिका ६ घर भएका २९ वर्षीय बिजय राई रहेका छन् ।
विशेष सूचनाको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको घरकोठा र कम्पाउण्डबाट पेस्तोल २ थान, त्यसको म्याग्जिन १ थान, एसएलआरको गोली १४ राउण्ड, पेस्तोलको गोली ११ राउण्ड सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लागुऔषध पनि बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here