आँधीखोलाको आइपिओ असार २२ देखि बिक्री

86

काठमाडौं / आँधिखोला लघुवित्त वित्तिय संस्थाले असार २२ गतेदेखि ४ लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । जसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई राखेर २० हजार कित्ता म्यूचुअल फण्डलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी आस्वाको माध्यमबाट यो आइपिओमा आवेदन दिन सक्नेछन् । जसमा बिक्रि प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ । आँधीखोलाको आवेदन असार २५ गतेसम्म भर्न सकिनेछ । आइपिओ बिक्रिपछि यसको चुक्तापुँजी १० करोड रुपैयाँ
पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here