आगामी मंसिरमा ऊर्जा ‘इप्पान’ सम्मेलन हुने

245

काठमाडौं / स्वतन्त्र उत्पादकहरुको संस्था नेपाल ‘इप्पान’ ले उर्जा सम्मेलन हुने भएको छ ।
सातौँ संस्करणको सम्मेलन मंसिर ५ र ६ गतेका दिन काठमाडौंमा हुने छ। सम्मेलनको मुख्य नारा ‘पावरिङ द एसिया सेन्चुरी’ रहेको छ। यस उर्जा सम्मेलनले दीगो उर्जा बिकासका सम्भावना र अबको बाटो पहिल्याउन सुझाव र मार्गचित्र प्राप्त हुने आयोजकको धारणा रहेको छ । सम्मेलनमा ७ सय ५० जानाको सहभागिता रहने आयोजकको अनुमान रहेको छ।

नेपाल उर्जा क्षेत्र अहिले सम्मकै कृयाशील अवस्थामा रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार लगभग ५ हजार ५ सय मेगावाटका आयोजना निर्माण वा पूर्ननिर्माणका चरणमा रहेका छन्। साथै १८ हजार मेगावाट क्षमताका आयोजना निर्माणमा जानको लागि अध्ययन भइरहेको छ। अहिले देसमा बिद्युत उत्पादन क्रमिक बृद्धि भइरहेको छ। तर सो उत्पादित उर्जा अधिक मात्रामा देसमा नै खपत हुने नीति प्रतिपादन गर्नका लागि ढिला भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here