एजेन्सी / अमेरिका कप फुटबलको क्वार्टरफाइनल खेलमा उरुग्वेको हार भएको छ । आइतबार बिहान भएको खेलमा उरुग्वे टाईब्रेकरमा पेरुसँग ५–४ गोलले हार बेर्होनु परेको छ । स्टार स्ट्राईकर लुइस स्वारेज पेनाल्टी प्रहारमा गोलमा उरुग्वे ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ । बलियो उरुग्वेलाई हराएको पेरु सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पेरुले साविक विजेता चिलीसँग प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको नतिजा टाईब्रेकबाट लिइएको थियो । उरुग्वेले लगातार गोल गर्ने अवसर बनाएपनि पेरुको रक्षापंक्तिले विफल पारेको थियो । लुइस स्वारेज र एडिन्सन काभानीको गोललाई अफसाइड ठहर गर्दै मान्यता नदिएपछि उरुग्वे तनावमा देखिएको थियो । टाइब्रेकरमा पहिलो प्रहार गरेको उरुग्वे सुरुमै चुक्यो । स्वारेजको पेनाल्टी प्रहारलाई पेरुका गोलरक्षक पेड्रो गलेसेले बचाएका थिए । त्यसपछि दुवै टोलीका खेलाडीले पेनाल्टीको सदुपयोग गरे । स्वारेज असफल भएपछि उरुग्वे बाहिरिन बाध्य बन्यो ।

















