प्रभु बैंकको शाखा कार्यालय लाङटाङको केन्जिङ्गमा

96

रसुवा– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा २०६ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।  बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रसिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाले गरे ।

शाखा कार्यालय उद्घाटन गर्दै लामाले प्रभु बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको जनाए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here