जनकपुरलाई पहिलो क्यासलेस शहर बनाउने

83

जनकपुर – आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा  आयोजना भएको एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट सिइिओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल  सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौतापश्चात आइएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तर सम्म वित्तिय पहुंच पु¥याउनका लागि  विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ ।  कार्यक्रममा जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ ।

विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको रुपमा शुरु गरेको छ ।

प्रमुख अतिथिका रुपमा पाल्नु भएका  मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको जनाए । आइएमईको सिइिओ सुमन पोखरेलले बदलिदो समयमा क्यासलेस आजको आवश्यकता रहेको जनाए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे तापनि  ठूलो सम्भावना उल्लेख गरे ।  पोखरेलले यसका लागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए । त्यसै गरि आइएमई डिजिटल सोलुसन लिमिटेडका सिइिओ विकास कुमार नाहाटाले यदि हामी मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झतबाट मुक्त गर्न सकिने छ । यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ । आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास  ब्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here