आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

456

काठमाडौं / गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीमा रहेको फाईवर कारखानामा शुक्रबार बिहान आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

यसैगरी नागार्जुन नगरपालिका-८ घट्टेखोलास्थित श्याम गिरीको कुखुरा फाममा बिजुलीको तार सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here