अण्डाको मूल्य घट्ने

69
काठमाडाैं । नेपाली बजारमा अण्डाको मूल्य घट्ने भएको छ।

शुक्रबारबाट लागु हुने गरी मूल्य घटाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

‘हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका छौं,’ उनले भने।

बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट ३० रूपैयाँदेखि अधिकतम ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाइएको छ।   मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।

यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो। जुन किसानले पाउने मूल्य हो।

उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनले जनाए। ‘उत्पादन धेरै भएर, किसानलाई फाइदा भएर मूल्य घटाएको होइन,’ उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा भएकाले मूल्य घटाउन परेको हो।’   उनले तुरून्तै अण्डाको मूल्य बढ्ने जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here