नेपालले लेबनानलाई १-० ले हराउँदै फाइनलमा स्थान पक्का

51

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत लगातार दोस्रो‌ जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालको जितमा पहिलो हाफमा सावित्रा भण्डारीको डिफ्लेक्टेड शटमा आएको गोल नै निर्णायक बन्यो ।

दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू पाए‌ पनि थप गोल भने निस्कन सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्ने छ भने फाइनल पनि म्यानमारसँगै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here