रोल्पा । रोल्पा नगरपालिका-१ हरिगाटीना बस्ने पूर्ण बहादुर घर्तीको गोठमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने खुम बहादुर घर्ती र होम बहादुर घर्तीको घर तथा गोठमा समेत आगलागी हुँदा पूर्ण बहादुर घर्तीको गोठ तथा शौचालय जलेर करिब २५ लाख, खुम बहादुर घर्तीको घर पूर्णरुपमा जलेर करिब २० लाख र होम बहादुर घर्तीको गोठ पूर्णरुपमा जलेर करिब १५ लाख गरी जम्मा ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















