मानवसेवा आश्रममा आश्रित परिवारलाई न्यानो कपडा बितरण

27

मोरङ ।  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका-१० स्थित मानवसेवा आश्रममा आश्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले बुधबार आयोजित कार्यक्रममा आश्रममा रहेका १० जना बालबालिकासहित ७० जनालाई न्यानो कपडा बितरण गर्नुभएको हो । जाडो मौसमलाई लक्षित गरी आश्रित परिवारलाई न्यानो कपडा बितरण गरिएको हो ।

सो अवसरमा संघकी प्रदेश अध्यक्ष बास्तोलाले आश्रमका महिलाहरुसँग कुराकानीसमेत गर्नुभएको थियो । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्बन्धी विभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here