प्रभु टीभीमा छ महिना रिचार्ज गर्दा एक वर्षसम्म सुविधा

86
यो योजना त्यस्ता ग्राहकलाई मात्रै लागू हुनेछ जसको सेवा गएको चैत मसान्तसम्म निष्क्रिय अवस्थामा रहेको र हालसम्म पनि निष्क्रिय अवस्थामै रहेको छ । यसको अर्थ जुन ग्राहकले गत चैत मसान्तसम्म रिचार्ज नगरेकाे र हालसम्म पनि गरेको छैन भने त्यस्ताे ग्राहक याे याेजनाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजना यही भदौ मसान्तसम्मका लागि लागू रहनेछ । यो अवधिभित्र त्यस्ता ग्राहकले एकै पटक ६
महिनाको लागि रिचार्ज गरेको खण्डमा एक वर्षसम्म निरन्तर टेलिभिजन हेर्न पाउने छन् ।
ग्राहकले प्रभुपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस, क्यूपे, आईएमई पे, प्रभु मनी ट्रान्सफर एजेन्टमार्फत सहजै रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here