सामसङको ग्यालेक्सी एम४० बजारमा

159

काठमाडौं / सामसङ नेपालले एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी एम४० बजारमा आएको छ ।
नेपाली बजारमा विशेष स्थान ओगेटेको सामसङ मोवाइलले खास गरी यस फोन प्रविधि प्रेमी पुस्ता तथा जेनेरेशन जी को लागि तयार पारिएको हो । ग्यालेक्सी एम४० मा ६.३ इन्चको ँज्म्ं क्ष्लाष्लष्तथ(इ मष्कउबिथ शक्तिशाली स्नेप ड्रैगन ६७५ अक्टाकोर प्रोसेसर तथा दमदार फिचरका साथ ट्रिपल रियर क्यामरा छन् । यस मोवाइल एम१० र एम२० स्मार्टफोनमा ग्राहकहरुको प्रतिक्रिया पछि बजारमा आएको हो । सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने, “नेपालमा सामसङ एम सिरिजले सफलता प्राप्त गर्दै आएको छ । आजका युवा पिढी तथा जेनेरेशन जी को लागि डिजाइन गरिएको ग्यालेक्सी एम सिरिज खास गरी नेपालकै लागि भनी तयार गरिएको हो । हामीलाई विश्वास छ कि सोचविचार गरी मोबाइल फोन खरिद गर्नुहुने नयाँ युवाहरु एम४० बाट अझ बढी खुसी एवं सन्तुष्ट हुनुहुनेछ ।”

ग्राहकहरुका लागि उच्चस्तरीय स्क्रीन अनुभव प्रदान गर्नको लागि ग्यालेक्सी एम४० मा शानदार ६.३ इन्चको FHD+ Infinity-O display  का साथ बजारमा उपलब्ध रहेको छ । यस्तो फिचर रहेको छ, जुन ग्यालेक्सी एस१० मा रहेको छ । ग्यालेक्सी एम४० १२००ः१ को कन्स्ट्रास्ट रेसियो तथा अन स्क्रीन साउन्ड प्रविधिको साथ उपलब्ध छ । यसमा केवल ७.९ मिलिमीटर पातलो फोन हो, जसको वजन केवल १६८ ग्राम छ । ग्यालेक्सी एम४० मजबूत गोरिल्ला ग्लास ३ को साथ उपलब्ध छ ।

ग्यालेक्सी एम४०, स्नेपड्रैगन ६७५ प्रोसेसरको साथ उपलब्ध छ जसकोे उत्कृष्ट नेटवर्कले प्रयोगकर्तालाई जीवन्त अनुभव प्रदान गर्दछ साथै यसले फोनलाई मल्टिटास्किङ्ग बनाइदिन्छ र व्याट्री पनि कम खपत हुन जान्छ । स्थापितका अनुसार, “ग्राहकहरुलाई विशेष अनुभव प्रदान गर्नको लागि नयाँ नयाँ प्रविधिहरुको खोज एवं अन्वेषण गर्न हामी आफैलाई निरन्तर चुनौति दिँदै आइरहेका छौं । हामीले साना साना कुराहरुलाई पनि ध्यानमा राखी एम४० को विकास गरेका छौं ।”

नयाँ ग्यालेक्सी एम४० मा आफ्ना महत्वपूर्ण क्षणहरुलाई क्याप्चर गर्नको लागि आफ्नो श्रेणीमा सबैभन्दा उत्कृष्ट ट्रिपल रियर क्यामराको साथ डिजाइन गरिएको छ भने ट्रिपल क्यामरा सेटपमा १.७ अपर्चर तथा एआई सीन अप्टिमाइजरको साथ ३२ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ, जसमा प्रयोगकर्ताले दिनमा वा रातमा शानदार फोटो खिच्न सक्नेछन् । यसमा ५ मेगापिक्सलको डेप्थ क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा पनि राखिएको छ ।

आजका युवा पिँढीहरु भिडियो मार्फत कुराकानी गर्न मनपराउने हुँदा एम४० मा विभिन्न भिडियो फिचरहरु जस्तैः भिडियो रेकर्डिङ्ग, स्लोमो तथा हाइपरल्याप्स रहेका छन् । ग्यालेक्सी एम४० मा ३५०० एमएएच को व्याट्रि राखिएको छ भने १५ वाट यूएसवी टाइप सी फास्ट चार्जिङ्ग फिचर राखिएको छ जसले आम चार्जिङ्ग प्रक्रिया भन्दा ३ गुणा चाँडै चार्ज हुन्छ । नेपाली बजारमा खरिद मूल्य ३६ हजार १ सय ९० तोकिएको छ । १५ आषाढ देखि मिडनाइट ब्ल्यू तथा सिवाटर ब्ल्यू ग्रेडिएन्ट कलरमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here