डोटी– डोटीको आदर्श गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाको कौराडी भन्ने ठाउँ तर्फ जाँदै गरेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक गजेडा भन्ने ठाँउमा सोमबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
दुर्घटनामा सायल गाउँपालिका–१ कौराडी बस्ने बर्ष २७ का राजु दमाई, सोही ठाँउ बस्ने बर्ष १५ की बारुली नेपाली, र टीका नेपाली घाइते छन् ।
त्यस्तै, आदर्श गाउँपालिका–७ बस्ने बर्ष ३६ का रमेश नेपाली, सोही ठाँउ सातला बस्ने १२ बर्षका महेश नेपाली, सोही गाउँपालिका–६ गिरी चौका बस्ने चालक कटक सिलाल रहेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले जानकारी दिए ।
घाइते मध्य चालक सिलाल गम्भीर घाइते रहेको प्रहरी उपरीक्षक धामीले जानकारी दिए । घाइतेहरुको उपचारका लागि दिपायल ल्याइएको छ ।


















