सांसदलाई दिन लागेको ल्यापटपबारे सभामुख महराको स्पष्टीकरण

74

काठमाडौँ– संसदीय इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको छ । संघीय संसदका सदस्यहरुको भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको हो ।

६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो ।

समारोहलाई सम्बोधन गर्दे सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरी डिजिटलाइज्ड बनाउने अभियान अन्तर्गत नै सांसदको भिडियो प्रोफाईल तयार पारिएको जनाए ।

उनले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गरे । उनले मन्त्रीपरिषद बैठकमा पेपर लेस गरि ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरि ल्यापटप दिन लागिएको स्पष्ट पारे ।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुशी व्यक्त गरे । उनले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपूर्ण दस्तावेज को रुपमा भिडियो प्रोफाइल रहेको जनाए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनताको अस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने जनाए । जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने तर्क उनले गरे ।

संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाईल संसद दिवसको सन्दर्भ पारेर सार्वजनिकिकरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here