काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा व्यापक फेरबदल भएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा सुशीलनाथ प्याकुरेललाई पठाइएको छ । निमित्त महानिर्देशक बनेका डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पठाएको मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँले जनाएका छन् ।
यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको पनि जिम्मेवारी परिवर्तन गर्दै उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएको छ । निमित्त महानिर्देशकको रुपमा पानवहादुर क्षेत्रीलाई राखिएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रमा धवलागिरी अञ्चल अस्पतालका मेसु डा सागरराजभण्डारी आएका छन् । केन्द्रमा रहेका निर्देशक डा भीम सिंह तिंकरी विभाग अन्तरगतको परिवार कल्याण महाशाखाको निर्देशक बनेका छन् । यस्तै परिवार कल्याण महाशाखाका निर्देशक डा आरपी विच्छालाई कान्ति बाल अस्पतालको निर्देशक बनाइएको छ ।
यस्तै सार्क क्षयरोग केन्द्रको निर्देशक डा रमेश खरेल भएका छन् । यस्तै तालिम केन्द्रको प्रमुख मोहम्मद दाउद बनेका छन् । प्रदेश नं १ का स्वास्थ्य निर्देशक बनेका भोगेन्द्रराज डोटेलले व्यवस्थापन महाशाखाको जिम्मेवारी पाएका छन् ।
व्यवस्थापनको आयुर्वेद तथा बैकल्पिक विभागको महानिर्देशक डा बासुदेव उपाध्यायलाई यथावत राखिएको छ । नरदेवी आयुर्वेद अस्पतालको निर्देशक भने डा प्रदीप केसीलाई दिइएको छ ।
डा अनन्तकुमार शर्मालाई भरतपुर अस्पतालमा काम काजमा तानिएको छ । , डा विसनसिंह बोहरालाई भेरी अस्पतालमा काम काज गर्ने गरी खटाउने निर्णय भएको छ ।
डा सुधा देवकोटालाई कोशी अञ्चल अस्पतालमा काम काज गर्न पठाइएको छ । डा श्रीराम तिवारीलाई भरतपुर अस्पतालको प्रमेसुको जिम्मेवारी तोकिएको छ । डा कृष्णप्रसाद खनाललाई डडेल्धुरा अस्पतालको प्रमेसुको जिम्मेवारी, डा मनिषा रावललाई शुक्रराज अस्पतालको निर्देशक, डा विष्णुबहादुर बस्नेतलाई बीर अस्पतालमा काम काज गर्ने गरी, डा न्हुन्छेमान डंगोललाई वीर अस्पतालमा काम काज गर्नेगरी जिम्मेवारी तोकिएको छ ।
मन्त्रालयमा रहेका सहसचिवहरु डा दीपेन्द्ररमण सिंह, महेन्द्रप्रसाद श्रेष्ठ, डा विकास देवकोटाको पदस्थापन यथास्थानमा गरिएको छ । राष्ट्रिष्य एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा.अनुज भट्टचन आएका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्मालाई स्वास्थ्य मन्त्रालयमा काजमा तानिएको छ ।

















