पढाईमा ध्यान जादैन भने यसो गर्नुहोस्

400

आजका विद्यालय क्याम्पसमा जाने नयाँ पुस्ताहरु प्रायः पढाईमा त्यति ध्यान दिएको पाइदैन । यसको मुख्यकारण सामाजिक संजालहरु बढि ध्यान केन्द्रित हुनु हो । इन्टरनेट, मोवाइल तथा कम्युटरहरुको अत्याधिक रुपमा चलाउने बानीका कारण दैनिक कृयाकलपामा बाधा खडा भएको छ । यसको मुख्य असर विधार्थी तथा अभिभावकहरुको भविष्यमा समेत प्रभाव पारेको देखिन्छ ।

विद्यार्थी जीवनमा सांसारिक ज्ञानका साथैँ प्रमाणपत्रको पनि उत्तकै महत्व रहेको हुन्छ । प्रमाणपत्र लिन विद्यालय, क्याम्पसको परिक्षा उत्तिर्ण हुनुपर्छ । अहिले पास भएर मात्र हुँदैन, उच्च अंक सहित उत्तिर्ण हुनु जरुरी छ त्यसैले पढ्न मन लागेन भनेर हुँदैन । अझ उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीले पढ्न जरुरी छ । पढाईमा ध्यान लगाई पढ्नका लागि केही काम गर्नु जरुरी छ । सायद यस टिप्सलाई एक पटक मात्र नभई नियमित प्रयोग गरेको खण्डमा तपाईंको जीवनमा परिवर्तन आउने छ ।

आपूmलाई मनपर्ने कुरा पढ्न थाल्नुहोसः सर्वप्रथम कक्षाको विषयसँग सम्बन्धित पुस्तक पढ्नमा ध्यान नजान सक्छ । तसर्थ कथा, उपन्यास वा तपाइको रुचिको विषयमा लेखिएको पुस्तक भेला गरेर पढ्ने बानीको विकास गर्नु आवश्वयक छ । जसबाट तपाइको पढ्ने बानीको विकास हुन्छ । सजिलो विषय वा शिर्षक छान्नुहोस् । हाम्रो उद्देश्य कोर्षको किताब पढेर राम्रो अंक ल्याउनु पर्छ भन्ने हो । तसर्थं विषयसँग सम्बन्धित सबै भन्दा सजिलो पुस्तकको सजिलो शिर्षक छान्नुहोस् । सुरुमै अप्ठ्यारोबाट थाल्दा मन बिचलित
हुन्छ ।

उपयुक्त ठाउँको छनोट गर्नुहोस्ः
  यस्तो ठाउँको छनोट गर्नुहोस् जहाँ शान्त होस्, ध्यान भंग गर्ने केही कुराहरु नहुन । बरु पढ्न आवश्यक सामाग्रीहरु लिन टाढा जानु नपरोस । विजुली, फेन, हिटर र पानीको राम्रो व्यस्था होस् । विश्वका महान् व्यक्तिहरुको सोच बदल्ने भनाईहरु पढ्ने छेउमा टासेर पढ्नु भए पनि उर्जा मिलिरहन्छ ।

अल्छी लागेमा पनि पढी रहनुहोस् :  आफ्नो दिमागले सधैं नपढी केही हुन्न भन्ने सोच बनाउनु आवश्यक छ । त्यसपछि आफ्नो दैनिक कार्य लगायत पढाईलाई निरन्तरता तथा व्यवस्थित बनाउनका लागि रुटिन बनाउनु होस् त्यसलाई कार्यान्वयन गर्नु होस् । पढाईलाई जीवनको महत्वपूर्ण पाटो बनाउनुहोस । दैनिक नित्यकर्म फत्ते नगरी फ्रेश हुन् सकिन्न त्यस्तै नपढी हुन्न भन्ने सोच विकाश गर्नुहोस् ।

पढन्ते साथीहरुको संगत गर्नुहोस् : गौतम वुद्धको एक महान भनाई छ ‘बरु एक्लै हिड् तर गलत साथीको संगत नगर’ त्यस्तै अहिलेको संगत जे जस्तो छ त्यो बिर्सनुहोस् र पढन्ते साथीहरु सँगको भेट्घाटलाई बढाउनुहोस् ।

ध्यान भंग गर्ने सामाग्रीहरुलाई हटाउनुहोस्ः प्रायः विद्यार्थीको पढाईमा ध्यान भंग गर्ने मुख्य सामाग्री भनेकै आईफोन, इन्टरनेट, सोसियल मिडिया, ल्यापटप मोवाईल हुन् । तसर्थ पढ्ने समयमा यिनीहरुलाई आफु भन्दा दुर राख्नु नै उपयुक्त हुन्छ ।

अनुशासित बन्नुहोस्ः  हरेक कुरामा सफल हुन्का लागि अनुशासनको ठुलो महत्व हुन्छ । पढाईमा पनि अनुशासित हुनुहोस् नियमित पढ्नुहोस् । तडकभडकबाट जोगिनुहोस् ।

आराम गर्नुहोस्:
नियमित १ देखी दुई घण्टा पढेपछि केही समय विश्राम लिनुहोस् । वरपर हिड्नुहोस, संगीतमा रम्नुहोस, परिवारका सदस्यसँग कुरा गर्नुहोस् र १० मिनेट भित्र पुरानै ठाउँमा आएर पढ्न थालिहाल्नुहोस ।

प्रगति हेर्नुहोस्ः
पहिला नपढ्दा र अहिले पढ्दाको प्रगति तुलना गर्नुहोस् । पक्कै अहिले राम्रो देखिने छ जसले तपाईलाई अझ मेहनतका साथ पढ्न प्रेरित गर्छ ।

स्वास्थ्यको ख्याल गर्नुहोस् :
भनिन्छ ‘स्वास्थ नै धन हो’ स्वास्थ्य बिना केही सम्भव छैन । तसर्थ स्वास्थ्यबर्द्धक खाना खानुहोस, ७ घण्टा मस्त निदाउनुहोस, नियमित योगा, ध्यान गर्नुहोस् । जसले तपाईलाई पढ्न अझ सहयोग गर्छ, उत्साहित बनाईराख्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here