अछाममा बस दुर्घटना हुँदा १८ घाइते, दुईको अवस्था गम्भीर

290

अछाम / अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको बस बुधबार बिहान अछामको साँफेबगर नगरपालिका २ को झकालेमा दुर्घटना भएको छ । महेन्द्रनगरबाट बिहानै छुटेको पवन दुत यातायात को ना ७ ख २५६४ नम्बर को बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब ५० मिटर तल खसेको छ।

झकालेको मोडमा विपरित दिशाबाट आइरहेको गाडीलाई साइड दिन खोज्दा बस दुर्घटना भएको प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए।

 घाइतेको उद्धार गरी उपचारका लागि न्याय हेल्थ बयलपाटा अस्पताल लगिएको प्रहरी निरीक्षक साउदले जानकारी दिए। घाइतेमध्ये कोहलपुरका शान्त धिताल र बाजुराका पदम कुमालको अवस्था भने गम्भीर रहेको साउदले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here