श्रीमतीको स्मृति दिवसमा गायक राज खम्बुले सार्वजनिक गरे गीति एल्वम ‘म त तिम्रो’

261

गायक तथा संगीतकार राज खम्बुले आफ्नो नयाँ एल्वम सार्वजनिक गरेका छन् । गत बर्ष निधन भएकी आफ्नी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसमा उनले आफ्ना नयाँ गीतहरुको एल्वम सार्वजनिक गरेका हुन् ।

हाल अमेरिकामा रहेका राज खम्बुको सार्वजनिक एल्वममा छ बटा गीतहरु समावेश छन् जसमा आधुनिक, लोक, मारुनी लगायतका गीतहरु रहेका छन् ।

वरिष्ठ गायक प्रताप सुब्बा, रविन शर्मा, वरिष्ठ गायिका सपना श्री, वरिष्ठ सारंगीवादक श्याम नेपाली उपस्थितीमा अमेरिकामा नै सार्वजिनक गरिएको यस एल्वम बिमोचन समारोहमा अमेरिकामा १५ वटा स्टेटका सामाजिक अभियन्ता तथा साहित्य र संगीत क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

एल्बममा वरिष्ठ कवि तथा रचनाकार रत्न शमसेर थापाको दुइटा रचना, दिनेश अधिकारी, एकनारायण भण्डारी, दीप गिरी, बुद्ध साम्पाङको शब्द रचना छ । साथै नारायण ओली, हरि लम्साल, अनिश अबिरल, शिखर सन्तोष र भीम विश्वासको संगीत रहेको छ ।

कार्यक्रममा ‘म त तिम्रो’ गीतिसंग्रहको समिक्षा वरिष्ट गायक तथा संचार कर्मी रबिन शर्माले गरेका थिए । स्व. अंशु राईका कान्छा देवर बिजय चाम्लिङको स्वगत मन्तब्यवाट सुरु भएको कार्यक्रममा मेरो डान्स कप यूएसएको पहिलो बिजेता पुर्णीमा गुरुङको नृत्य प्रस्तुत गर्नुको साथै कार्यक्रममा वरिष्ठ गायक प्रताप सुब्बा, रबिन शर्मा, गायिका सपना श्री, कुमार दुमी, र राजेन्द्र राईले गीतहरु प्रस्तुत गर्नु भएको थियो भने कवि तथा गीतकार दिपा राई पुनले कविता बाचन गरेकी थिइन् ।

वरिष्ठ अभिनेता साथै निर्देशक तुलसी घिमिरे द्वारा निर्मित स्व. अंशु राईको जीवनीमा आधारित छोटो भिडियो समारोहमा प्रस्तुत गर्दा उपस्थित  सबैको मन छोएको थियो । एल्बममा समाहित ‘कर्कले पात’ बोल गीतको म्युजिक भिडियो पनि प्रस्तुत गरिएको थियो ।

हाल अमेरिकामा रहेका गायक राज खम्बुकी श्रीमती अंशुको अल्पआयुमानै गत बर्ष असामहिक निधन भएको थियो । यो १ वर्ष बियोगमा बिताएका उनले श्रीमतीको नाममा एल्वम बजारमा ल्याएका हुन् । २ वटा साना छोराछोरीलाई एक्लै हुर्काईरहेका उनले सामाजिक संजालमा श्रीमतीको यादलाई पोख्दै आएका छन् । उनको यस अघि चिनो नामक एल्वम सन् २००८ मा सार्वजनिक भएको थियो । वरिष्ठ गायक प्रताप सुब्बाको प्रमुख आतित्यमा कार्यक्रम सु-सम्पन्न भएको थियो । कार्यक्रम गोपाल राई र धन लेप्चाले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here