काठमाडाैं । मिथिला बिहारी नगरपालिका-८ कचुरी बस्ने ४५ वर्षीया प्रेम कुमारी यादवको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सुत्ने कोठा नजिकै रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















