काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्ने र लकडाउन हुनेसक्ने हल्ला चलिरहेका बेला तत्काल लकडाउन नहुने प्रशासनले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न थप सतर्कता अपनाइए पनि लकडाउन नै गर्ने तयारी नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो।
ओहोरदोहोर कडाइ गर्ने र स्वास्थ्य मापदण्ड पालना गरेमा संक्रमण थप नफैलिने उनको भनाइ छ। ‘संक्रमण दर बढ्यो र थाम्न नसक्ने अवस्था पुगेमा मात्रै लकडाउन वा अन्य तयारी गर्नुपर्ने हुन्छ,’ प्रजिअ पराजुलीले भने, ‘लकडाउन नगर्नका लागि सबै सावधान हुन आवश्यक छ।’ उनले कोरोना संक्रमण दर बढ्ने देखिएपछि ठूलो संख्यामा भेला हुने कार्यक्रमहरू नगर्न मौखिक निर्देशन दिएको जानकारी दिए।

















