उपत्यकाभित्र सार्वजनिक जग्गाको नाप नक्सालगायत कागजात उपलब्ध गराउन निर्देशन

64

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले उपत्यकाभित्र सार्वजनिक रुपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप नक्सालगायत कागजात तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

प्राधिकरणले २४ असोजमा सार्वजनिक सूचना प्रकाशित गरी सात दिनभित्र कागजात उपलब्ध गराउन भनेको हो ।

काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामुहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायत सार्वजनिक प्रयोग भइरहेका भवनका धनीहरुले नाप नक्सालगायत कागजात प्राधिकरर्णलाई बुझाउनुपर्ने भएको हो ।

उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरणको विषयमा मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रण समेत गर्ने अधिकार प्राधिकरणलाई छ ।  सोही अधिकारलाई प्रयोग गरेर सार्वजनिक भवनहरु र जग्गाको नाप नक्सा लगायत कागजात प्राधिकरणले मागेको जनाएको छ ।

पछिल्लो समय काठमाडौं महानगरपालिका पनि आफ्नो क्षेत्रमा बनेका अवैधानिक संरचना हटाउने अभियानमा लागेको छ । मेयरमा बिजयी भएर आएपछि बालेन शाहले ठाउँ ठाउँमा डोजर लगेर अवैध संरचना हटाइरहेका छन् ।

काठमाडौं महानगरलाई बस्न लायक व्यवस्थित शहर बनाउने उद्देश्यसहित अगाडि बढेको मेयर शाहको भनाई छ । उनले पार्किङका लागि भनेर बनाइएका अन्डरग्राउन्डमा गरिएका पसल, रेष्टुरेन्ट, अफिसलगायत पनि हटाइसकेका छन् ।   प्राधिकरणले भने उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरजिल्लालाई हेर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here