काठमाडौं– काठमाडौँको नयाँ बानेश्वरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
बुधबार अपरान्ह महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले नयाँ बानेश्वरस्थित जयराम ठकुरीको घरमा जुवा खेलिरहेका ८ जनालाई एक लाख ९९ हजार ५ सय रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ परेका सबैलाई नयाँ बानेश्वर वृत्तमा राखेर अनुसन्धान अघि भइरहेको छ ।

















