कोरोना भाइरस दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती : संयुक्त राष्ट्रसंघ

333
एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यस  महामारीले ल्याउने आर्थिक मन्दीको तुलना पछिल्ला कुनै पनि वर्षका घटनासँग तुलना नहुने पनि बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक तथा आर्थिक प्रभावका बारेमा रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् ।
कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावनातर्फ पनि सचेत गराएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन यसअघि कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् ।
उनले भने “यो नयाँ रोगले मानिसहरूको जन जीवन र दैनिक जिविकोपार्जनमै असर गरेकमो तथा समाजहरूको मुटुमै प्रहार गरेको भनेका छन् । यस महामारीको प्रभाव कमका लागि तत्काल सबैको सहकार्यमा स्वास्थ्य सहायता कार्यक्रम आवश्यक रहेको पनि बताएका छन् ।

गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह समेत गरेका छन् । गुट्रेसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे ’डढेलो जसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा भविष्यमा थप सामना गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here