कोरोना राहत कोषमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दुई करोड सहयोगको घोषणा

70

काठमाडौं – सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन्।

उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ।’

यसैगरी पूर्वराजा शाहले राहत राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनसमेत अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here