गिता सत्यालले भनिन्- समाज रुपान्तरण गर्ने सशक्त माध्यम नै पत्रकारिता हो

235

ललितपुर- ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्यालले समाज रुपान्तरण गर्ने सशक्त माध्यम पत्रकारिता नै भएको उल्लेख गरेकी छन्।

बिहिबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजना र ललितपुर महानगरपालिकाको सहयोगमा आयोजित स्थानीय तहको दिगो विकास र राजस्वका स्रोत पहिचानमा सञ्चारकर्मीको भुमिका विषयक दुई दिने पत्रकारिता तालिम कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो उल्लेख गरेकी हुन्।

पत्रकारले सहिलाइ सहि र गलतलाइ गलत भन्न सक्ने भएकाले नै पत्रकारिताको भावना उजागर भएको छ। जसले गर्दा पत्रकारिताले सत्य,तथ्य र समसामयिक सूचना सम्प्रेषण गराएर जनतालाइ सुसूचित गराइरहेको छ।

यो क्षेत्र नितान्त स्वतन्त्र भएकाले यसमा कुनै पार्टीको दाग नहुने पनि उनले जनाईन्। कलम चलाउनु चान्चुने कुरा होइन यो त तरबार चलाएभन्दा गाह्रो हो। तैपनी पत्रकारहरुले त्यो कलमलाइ निरन्तरता दिइरहनुभएको छ भन्दै उनले प्रशंसा समेत गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here