नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ

282

काठमाडौं / काठमाडौं उपत्यकाभित्र नक्कली लाईसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखा समेतको संयुक्त टोलिले नक्कली लाईसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोह पक्राउ गरेको हो ।

काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट सरकारी छाप दस्तखत किर्ते र नक्कली लाईसेन्स समेतका दशी प्रमाण सहित रामेछाप घर भएका मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक सानो सिरुबारी गा.पा. वडा नं २ का राजेश कुमार श्रेष्ठ, काठमाण्डौं तिलगंगा निवासी राधेश्याम नगरकोटी र कागेश्वरी मनहरा न.पा.वडा नं १ का रुपेन्द्र दर्जीलाई पक्राउ गरेको हो।

पक्राउ व्यक्तिहरुबाट प्रहरीले निम्न सामानहरु बरामद गरेको छ ।

  • यातायत व्यवस्था विभागको नगदी रसिद ६० थान ।
  • कम्प्युटर १ सेट ।
  • प्रिन्टर थान १ ।
  • अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प थान २
  • तोसिबा कम्पनीको ३२ जि.बि. को पेन ड्राईभ थान १ ।
  •  पि.भी. सि. पेपर ३० थान ।
  • अबmभ िलेखिएको स्टयाम्प थान १ ।
  • काउन्सुलर अफिस लेखिएको छाप थान १
  • यातायत ब्यबस्था कार्यालयको अंग्रेजी छाप थान १ ।
  • विभिन्न ब्यक्तीहरुको नागरिकताको प्रतिलिपी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here