अमेरिकामा शक्तिशाली भूकम्प

123

काठमाडौं– अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो ।

दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु लस एन्जलस भन्दा २४० किलोमिटर टाढा रिजक्रेस्ट शहर रहेको छ ।

भूकम्पले रिजक्रेस्टमा अत्यधिक क्षती पुर्याएको स्थानीय भूगर्वविद् प्राध्यापक जोन रण्डलले बीबीसीलाई जनाए ।

रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको जानकारीमा उल्लेख छ । उक्त अस्पतालले करिब दुई दर्जन मानिसको सामान्य उपचार गरेको जानकारी दिएको छ ।

ब्रिडेनका अनुसार केही व्यक्ति भवनबाट खसेको सामान खसेर घाइते भएका छन् भने ग्यास लाइन फुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here