नेदरल्यान्ड्सका पूर्व स्टार खेलाडी आर्जेन रोवेनद्धारा सन्यास

264

एजेन्सी / नेदरल्यान्ड्सका राष्ट्रिय टोलीका पूर्व स्टार एवं जर्मन क्लब बायर्न म्युनिखका महान् खेलाडी आर्जेन रोवेनले व्यवसायिक खेल जीवनबाट पनि सन्यास लिएका छन् । रोवेनले बिहिबार राति सम्पूर्ण खेलबाट विश्राम लिने निर्णय गरेका हुन् । ३५ वर्षीय रोवेनले राष्ट्रिय टोलीबाट भने सन् २०१७ मै सन्यास लिएका थिए । उनले बायर्नलाई आठवटा बुन्डेसलिगा उपाधि जित दिलाएका थिए ।

सन् २००४ मा इङ्लिस क्लब चेल्सीबाट ब्यवसायिक फुटबल सुरु गरेका उनले लगातार दुई सिजन चेल्सीलाई प्रिमियर लिग र एफए कप उपाधि जिताएका थिए । त्यसपछि उनी स्पेनिस क्लब रियल म्याड्रि«डबाट खेलेका थिए । रियलबाट उनी सन् २००९ मा जर्मन पुगेका थिए । उनी आफुले खेलेका सबै क्लबलाई लिग उपाधि जिताउने खेलाडी हुन् । क्लब फुटबलमा चार सय २० खेल खेल्दै एक सय ५१ गोल गरेका उनले तीन विश्वकप र तीन युरोकप खेलिसकेका छन् ।

रोवेनकै उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्ड्स सन् २०१० को विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला नेदरल्यान्ड्स स्पेनसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो । रोवेनले राष्ट्रिय टोलीका लागि ९६ खेल खेल्दै ३७ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here