आइफा अवार्ड नेपालमै हुन्छ, नेपाललाई फाइदा हुने गरी आयोजना गर्छौं: प्रधानमन्त्री ओली

199

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा) नेपालमै हुने जनाएका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले आइफा अवार्ड नेपालमा गर्न वार्ता चलिरहेकाले कसैले अनधिकृत निर्देशन दिँदैमा नरोकिने स्पष्ट पारे।

‘मन्त्रिपरिषद्ले न्यून लागतमा धेरै प्रतिफल पाउने गरी आइफा अवार्ड गर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले बजेट छुट्याउने निर्णय गरेको छैन’, ओलीले भने, ‘आइफा अवार्ड गर्न इजाजत समेत नदिइसकेको अवस्थामा बार्गेनिङ चलिरहेका बेला कसै कसैले अनधिकृतरुपमा रोक्ने आदेश दिए।’

उनले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिप्रति इंगित गर्दै अनधिकृत निर्देशन दिएको जनाएका हुन्। ‘सरकारले अहिले पनि वार्ता गरिहको छ। राम्रो र अनुकुल अवस्था हेरेर आइफा अवार्ड नेपालमा आयोजना हुन्छ । प्रधानमन्त्री ओलीले नेपाललाई फाइदा हुने गरी आइफा अवार्ड आयोजना गर्ने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here